बुधबार, ११ असार २०७६
DainikNepal.com
बुधबार, ११ असार २०७६

झण्डा दिवसमा ३ जना संचारकर्मी सम्मानित, प्रसाईको फोटो उत्कृष्ट

दैनिक नेपाल २०७६ वैशाख २ गते ७:२५

काठमाडौ । नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानले तीन जना नेपाली संचारकर्मीहरूलाई सम्मान गरेको छ ।

प्रत्येक नेपाली नयाँ बर्षलाई अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसका रुपमा मनाउँदै आएको प्रतिष्ठानले डायस्फोरामा रही नेपाली कला र संस्कृतिलाई योगदान दिएका संचारकर्मीहरूलाई सम्मान गरेको हो ।

प्रतिष्ठानले आईतबार बिज्ञप्ति जारी गर्दै एसियाबाट पुरु जोशी, युरोपबाट बसन्त रानाभाट र अमेरिकाबाट बिजय थापालाई ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’ को मानार्थ उपाधिले सम्मान गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष नवराज पोखरेलले बिदेशमा रही नेपाली संस्कृति, साहित्य र संचारको क्षेत्रमा समर्पित भई आ(आफ्ना क्षेत्रबाट बिशेष योगदान दिदै आएका संचारकर्मीहरूलाई सम्मान गर्न पाउदा खुशी ब्यक्त गरेका छन् ।

रोमानियाका लागि अवैतानिक बाणिज्यदूत समेत रहेका पोखरेलले प्रतिष्ठानले अन्तर्राष्ट्रिय टोपी दिवस जस्तै केही बर्ष यता नेपाली नयाँ बर्षमा झण्डा दिवस पनि मनाउन लागेको छ ।

नेपाली संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधिले सम्मानित व्यक्तित्वहरु स्वतः यस प्रतिष्ठानको सदस्य रहने परम्परा रहेको बिज्ञप्तिमा उल्लेख छ ।

सम्मानित संचारकर्मीहरू मध्ये पुरू जोशीले दक्षिण कोरियालाई, बसन्त रानाभाटले स्पेन र बिजय थापाले अमेरिकालाई कर्मथलो बनाउदै आएका छन् ।

यसैबीच स्पेन निबासी जीवन प्रसाईको झण्डा सहितको फोटो उत्कृष्ट बनेको छ। प्रतिष्ठानले अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसमा आयोजना गरेको फोटो प्रतियोगितामा प्रसाईको फोटो उत्कृष्ट बनेको हो ।

प्रसाईलाई पनि ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’ को मानार्थ उपाधिले सम्मान गरिने प्रतिष्ठानले जनाएको छ। प्रतियोगिताका लागि संसारभर छरिएर रहेका नेपालीहरुले लोकप्रिय भाईवर ग्रुप चौतारी र दौतरीमा नेपाली झण्डा सहितको फोटो पोष्ट गरेका थिए।

यसअघि ईटलीका दिनेश बाला श्रेष्ठ, बेल्जियमका दीपक न्यौपाने र फ्रान्सका निर्मल अर्याल ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’ को मानार्थ उपाधिले सम्मानित बनेका थिए।

यसपटक पनि मानार्थ उपाधिले सम्मानित चारै जनालाई प्रतिष्ठानको सदस्यता प्रदान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित