सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

नयाँ वर्षमा नेपाल विकास र समृद्धिको बाटोमा थप सशक्त : नेकपा नेता रायमाझी

दैनिक नेपाल २०७५ चैत ३० गते २१:५१

काठमाडौं, चैत्र ३० । पूर्व उपप्रधानमन्त्री तथा नेकपाका स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले नयाँ बर्ष २०७६ सालको उपलक्ष्यमा सम्पूर्ण देशबासीमा शुभकामना व्यक्त गरेका छन् ।

काठमाडौंको सातदोबाटोस्थित आफ्नै निवासमा शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता रायमाझीले नयाँ ०७६ सालमा नेपालले विकास र समृद्धिमा ठूलो फड्को मार्ने विश्वास लिएको बताए ।

उनले दुईतिहाईको वर्तमान सरकारले जनअपेक्षा अनुरूप काम गरेको दावी गर्दै सरकारलाई असफल बनाउन लागि पर्ने तत्व आफैं असफल हुने बताए । उनले सरकारका मन्त्रीहरूलाई झनै सशक्त भएर परिणाम दिने ढंगले काममा लाग्न सुझाव पनि दिए ।

नागरिकले दुई तिहाईको वर्तमान सरकारबाट धेरै आशा गरिरहेकाले त्यसलाई निराशामा बदल्न नहुने धारणा उनको थियो । अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य समेत रहेका रायमाझीले जिल्लाको विकासका लागि कुनै कसुर बाँकी नराखिएको बताए ।

प्रतिक्रिया
सम्बन्धित