खार्तुम, ३० चैत । सुडानको गुप्तचर संस्थाका प्रमुख सलिह घोसले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
सङ्क्रमणकालीन सैनिक परिषदका अध्यक्ष अब्देल फताह अल–बुरहानले सलिहको राजीनामा स्वीकृत गरेको सेनाले जनाएको छ ।
विगत चार महिनादेखि भइरहेका प्रदर्शनमा सहभागीहरुमाथि दमन गरेको आरोप सलिहमाथि लाग्दै आएको थियो ।
सलिहकै नेतृत्वमा हजारौं प्रदर्शनकारी, विपक्षी अधिकारकर्मीहरु तथा पत्रकारहरुलाई गिरफ्तार गरिएको आरोप लाग्दै आएको छ । एजेन्सी















प्रतिक्रिया