बुधबार, ११ असार २०७६
DainikNepal.com
बुधबार, ११ असार २०७६

रसुवा–नुवाकोट केन्द्रबिन्दु भएको भूकम्पको धक्काले तर्सायो

दैनिक नेपाल २०७५ चैत ३० गते १३:०८

काठमाडौं, ३० चैत । रसुवा र नुवाकोट जिल्लाको सिमाना केन्द्रबिन्दु भएर भूकम्पको परकम्प भएको छ ।

शनिबार बिहान १० बजेर २५ मिनेटमा रसुवा र नुवाकोटको सिमाना केन्द्रविन्दु भएर ४ दशमलब ६ रेक्टर स्केलको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यो २०७२ साल वैशाख १२ गतेकै भूकम्पको परकम्प हो । परकम्पले काठमाडौं उपत्यकाका केही स्थानमा धक्का दिएको थियो ।

ठूलो भूकम्पपछि साना परकम्प वर्षौंसम्म आउने भएकाले सावधानी अपनाउनुपर्ने तर आत्तिनु नपर्ने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित