१९ कार्तिक २०८३, बिहिबार

नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलन सुनवलमा हुने

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

परासी, २९ चैत । पश्चिम नवलपरासीको सुनवलमा आयोजना हुन लागेको नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।

नेपाल जेसीजको आयोजना र सुनवल जेसीजको आतिथ्यमा हुने उक्त सम्मेलनमा क्षेत्र ‘घ’ अन्र्तगतका ४८ वटा जेसीज शाखाका अध्यक्ष लगायतका पदाधिकारीहरुको सहभागिता रहने छ ।

क्षेत्र ‘घ’ अन्र्तगत गैँडाकोटदेखि पश्चिम महेन्द्रनगरसम्मका जेसीज शाखाहरु पर्दछन् । यही चैत्र ३० गते सुनवलको लोटस रिर्साेटमा हुने सम्मेलनको प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कूलप्रसाद केसीले उद्घाटन गर्ने सुनवल जेसीजकी अध्यक्ष ममता पौडेलले जानकारी दिइन् ।

कार्यक्रममा जेसीज शाखा अध्यक्षहरुको बैठक हुनेछ भने उत्प्रेरणामूलक प्रशिक्षण तथा जेसीजसम्बन्धि अन्य प्रशिक्षणहरु पनि हुने सम्मेलन निर्देशक एवं सुनवल जेसीजका संस्थापक अध्यक्ष रेशम शर्माले जानकारी दिए ।