१९ कार्तिक २०८३, बिहिबार

सडक दुर्घटना न्यूनिकरणका लागि सप्ताहव्यापी ट्राफिक सचेतना

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ, २९ चैत । महानगरीय प्रहरी कार्यालयल रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले उपत्यकाको बढदो जनघनत्वसँगै ट्राफिक दुर्घटना बढीरहेकाले त्यसलाइ न्यूनिकरण गर्न समुदायलाई सचेत बनाउनुपर्ने देखिएको बताएका छन् ।

सडक दुर्घटना न्यूनिकरणका लागि सप्ताहव्यपी ट्राफिक सचेतना अभियानको उद्घाटन कार्यक्रममा थापाले त्यसका लागि यस्तो कार्यक्रमको शुरुवात गरिएको बताए ।

मानिसहरूले चेतनालाई आचरणमा बदल्न नसक्दा दुर्घटना बढेको उनले बताए । प्रत्येक चोक र सडकमा ट्राफिक प्रहरीको उपस्थिति भएमा मात्र दुर्घटना कम हुने नसोच्न थापाले आग्रह गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले महाराजगञ्ज एरीयामा सञ्चालित ट्राफिक सचेतना कार्यक्रमले आफ्नो एरियामा दुर्घटना कम हुने विश्वास लिएको बताए ।

महानगरीय प्रहरी वृत्त महाराजगंज, सामुदायिक प्रहरी सेवा तथा सामुदायिक सेवा केन्द्र बाँसबारी, गोगंबु, टुडालदेवी र बुढानिलकण्ठको संयुक्त आयोजनामा उक्त कार्यक्रम सञ्चालन भएको हो ।