
काठमाडौं, २९ चैत । पाकिस्तानको राजधानी क्वेटाको हजारगंजमा भएको एक बम विस्फोटमा परी १६ जनाको मृत्यु भएको छ। शुक्रबार बिहान ८ बजे हजारगंज क्षेत्रमा रहेको तरकारी बजारमा उक्त विस्फोट भएको स्थानीय प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ।
उक्त तरकारी बजारमा रहेको प्रहरी भ्यानलाई लक्षित गर्दै बम विस्फोट गराइएको प्रहरीले जनाएको छ। बम विस्फोट पश्चात उक्त क्षेत्रलाई प्रहरीले नियन्त्रणमा लिएको तथा बम डिस्पोजल टोली खटाइएको छ। –एजेन्सी















प्रतिक्रिया