
काठमाडौं, २९ चैत । नुवाकोटमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार विहान भएको दुर्घटनामा अर्का एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा विदुर नगरपालिका–२ का २२ वर्षीय दिवाकर खनाल रहेका छन् । २४ वर्षीय मुन्ना गुप्ता घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
बट्टार–४ मा बिहान साढे सात बजे बा ५ ख २८९८ को टिपरले ना ३३ प ३४४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
यस्तै दुर्घटनापछि आक्रोशित स्थानीयले टिपरमा आगजनीसमेत गरेका छन् ।












प्रतिक्रिया