बुधबार, ११ असार २०७६
DainikNepal.com
बुधबार, ११ असार २०७६

स्मृति इरानी : मिस इन्डियाको स्पर्धादेखि नरेन्द्र मोदीको किचेनसम्म

दैनिक नेपाल २०७५ चैत २९ गते १२:०६

काठमाडौं, २९ चैत । भारतमा विहीबारदेखि लोक सभा निर्वाचन सुरु भएको छ । चुनावी दौरानमा अनेक प्रकारका चर्चा चलिरहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदी र कपडा मन्त्री स्मृति इरानीको सम्बन्धका विषयमा पनि विविध चर्चा जारी छन् ।

स्मृति, उत्तर प्रदेको अमेठीमा कांग्रेस अध्यक्ष राहुल गान्धीसँग स्पर्धामा छिन् । जसको मतदान भइसकेको छ । सन् २०१४ को लोक सभा चुनावमा पनि गान्धीसँगै उनलाई स्पर्धामा उभ्याएका थिए । उनी पराजित भएकी थिइन् । तर प्रधानमन्त्री मोदीले उनलाई क्याबिनेट र त्यसमा पनि किचेन क्याबिनेटमा ल्याएपछि उनीहरूको राजनीतिकमात्र होइन, व्यक्तिगत सम्बन्धका विषयमा पनि शंका र उपशंका गरिएको थियो ।

स्मृति मिस इन्डियाको स्पर्धा हुँदै भारतको चर्चिक टेलिसिरियल सास भी कभी बहु थी भन्नेबाट चर्चामा आएकी थिइन् । उनको राजनीतिक संस्कार र सम्बन्ध भने भारतमा हिन्दुत्वको मुद्दा बोकेको राष्ट्रिय स्वयम् सेवक दल हुँदै भारतीय जनता पार्टीमा भएको थियो । स्मृति उक्त दलको महिला विभागको अध्यक्ष पनि हुन् ।

भाजपामा रहेका अन्य महिला नेत्रीको तुलनामा मोदीले स्मृतिलाई मात्र अवसर दिएको र उनैलाई महत्वका साथ लिएको भन्ने आरोप समेत लाग्ने गरेको छ । खासगरी विपक्षीहरूले त यसलाई व्यंग्यको कारण पनि बनाए ।

मोदीप्रति निकै आक्रामक देखिएका भारतीय कम्युनिस्ट पार्टीका उम्मेदवार तथा विद्यार्थी नेता कन्हैया कुमारले राष्ट्रिय टेलिभिजन बहसका क्रममा प्रश्न नै उठाएका थिए,‘मोदीलाई अरु विषयमा कुराकानी गर्ने फुर्सद छैन तर स्मृतिलाई फेरी फेरी मन्त्रालय दिने जाँगर छ । यसको उत्तर कसैले दिन सक्छ ?’

हुन पनि मोदी र स्मृतिको सम्बन्धलाई शंकाको घेरामा राख्न सकिने कतिपय बयानले पनि पुष्टि गर्छ । मोदी आफैंले भने स्मृतिका बारेमा कुनै बयानबाजी नगरे पनि स्मृतिले मोदीसँगको निकटताका बारेमा कतिपय संकेत गरेकी थिइन् ।

एउटा भाषणका क्रममा स्मृतिले भनेकी थिइन्,‘जुन दिन मोदीले राजनीतिबाट सन्यास लिनेछन्, त्यो दिनदेखि म पनि राजनीतिमा रहने छैन ।’ यसले मोदीसँग उनको राजनीतिक मात्र नभई, अन्य आचरणको सम्बन्धको संकेत पनि गर्दछ । त्यतिमात्र होइन, प्रतिपक्षीदेखि मोदीविरोधी कित्ताले त सँधैभरी प्रश्न गर्दै आएका छन्,‘लोक सभा निर्वाचनमा पराजित भएर पनि किन उनलाई मन्त्री बनाइयो ? एउटा मात्र होइन तीनवटा मन्त्री बनाउन मोदीले किन चासो दिए ?’

जे होस्, मोदी र स्मृतिको निकटताको प्रमूख कारणचाहिँ उनीहरूको राजनीतिक विचारधारा नै मानिन्छ । खासगरी राष्ट्रिय स्वयम् सेवक दलको पृष्ठभुमीमा दुवै आएका र अहिले भाजपाको नेतृत्वमा कायम रहनु प्रमूख कारण मानिन्छ ।

प्रतिक्रिया
सम्बन्धित