१९ कार्तिक २०८३, बिहिबार

सिण्डीकेट हटाउन सबैले सहयोग गर्नुपर्छ : सांसद विडारी

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले यातायात व्यवसायीहरु कम्पनीमा जानैपर्ने र सिण्डीकेट हटाउ भन्दा व्यावसायीहरु डराउन नहुने बताएका छन् ।

काठमाडौंको रोयल बैंक्वेटमा बिहीबार भएको विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको वार्षिक साधारणसभामा उनले सण्डीकेट हटाउन सबैले सहयोग गर्नुपर्ने तर सरकारले सम्पुर्ण यातायात क्षेत्रलाई व्यवस्थाप गर्न नसकेको बताए ।

सांसद विडारीले यातायात व्यवसायी र रोजगारदाताविच समन्वयको अभाव देखिएको भन्दै सवारी चालक १० कक्षा पढेको हुनैपर्ने बताए । उनले भने, ‘सामान्य ट्राफिक नियम जान्नको लागी पनि सामान्य पढाइ हुनुपर्छ ।’

विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिका अध्यक्ष विजयबहादुर स्वारको सभापतित्वमा भएको कार्यक्रमामा नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले सम्पुर्ण यातायात व्यावसायीहरु आगामी जेठसम्ममा कम्पनीमा जान तयार रहेको बताए । उनले यातायात क्षेत्रको समस्या हल गर्न अधिकार सम्पन्न प्रधिकरण बन्नुपर्ने बताए ।

बिहीबार नै भएको बन्द सत्रले पुरानै कार्यसमितिलाई चयन गरेको छ । एरपोर्टमा चल्ने हरियो नंबर प्लेटका २ सय ट्याक्सी कम्पनीमा आवद्ध छन् ।

कम्पनीको सेयर पुँजी १ करोड ४२ लाख १४ हजार रहेको र कम्पनीको जम्मा आन्दानी २ करोड ३३ लाख ३३ हजार ६ सय ६२ तथा खर्च २ करोड १५ लाख २९ हजार ३ सय ५४ रहेको छ । कम्पनीले गत आवमा ९ लाख २५ हजार ४ सय ४८ रुपैया नाफा गरेको कम्पनीका प्रवन्ध दिर्नेशक पुरुषोत्तम सिंखडाले बताए ।

आजै भएको बन्द सत्रले अध्यक्षमा पुन विजयबहादुर स्वार, प्रवन्ध निर्देशकमा पुरुपाोत्तम सिंखडा, संचालकहरुमा प्रदेशसभा सदस्य राजेन्द्र गुरुङ र झलक(देवी) कार्कीलाई चयन गरेको छ ।