१९ कार्तिक २०८३, बिहिबार

नवलपुरमा ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाईते

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-बिजय चालिसे
कावासोती, २८ चैत । नवलपुरको पहाडी क्षेत्र बुलिङ्टारमा बिहीबार ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अन्य ३ जना घाइते भएका छन् ।

बुलिङटार गाउँपालिका वडा नम्बर ६ मा रा १ त ८९५ नम्बरको ट्र्याक्टर सडकबाट झन्डै १ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक लिला राज लामिछानेले जानकारी दिए ।

मृत्यु हुनेमा दाङको तुलसीपुर नगरपालिका वडा नम्बर १७ का २३ वर्षिय ट्र्याक्टर चालक जनक हरिजन रहेका छन् । दुर्घटनामा परी दाङकै राजपुर नगरपालिका वडा नम्बर २ का १८ वर्षिय शनिराम यादव, सोही ठाउँका १८ वर्षिय मोहन यादव र सोही ठाउकै १९ वर्षिय पिताम्बर यादव रहेको प्रहरिले जनाएको छ ।

घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ । ट्र्याक्टर अर्तौली गडवा खोलास्थित कालिगण्डकी करिडोर निर्माण कम्पनी अन्तर्गत आशिष निर्माण सेवा कम्पनीको रहेको प्रहरीले जनाएको छ ।