सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

गुर्खाज फाइनाइन्सका अध्यक्षको बद्मासी : ससुरालीको जग्गा आफ्नो भन्ने, अवैध गाडी घरमा राख्ने ?

सम्पूर्ण मालपोत तिरेपछि नापी विभागले इन्जिनियर यादवलाई लेख्यो– शिवरूपाको जग्गा रेखाङ्कन गरिदिनू

दैनिक नेपाल २०७५ चैत २८ गते १३:३७

काठमाडौं, २८ चैत । एक पछि अर्को अवैधानिक कर्ममा संलग्न रहेका गुर्खाज फाइनाइन्स लिमिटेड सञ्चालक समितिका अध्यक्ष प्रेमबहादुर खापुङका एकमाथि अर्को बद्मासीको रहस्य खुल्न थालेका छन् ।

उनले अवैधानिक हिसाबमा घरमा कागजपत्र नभएको गाडी राखेको फेला परेको हो ।

नम्बरप्लेट नभएको स्कारपियो गाडी उनले कब्जा गरी राखेको दाबी गरिएको छ । जसको खोजीनीति नभएका कारण त्यस नम्बरमा उनी अर्कै सवारी साधन चढ्दै आएको उच्च स्रोतले जनायो ।

नम्बरप्लेट खोलेर खापुङको घरमा थन्काइएको स्कारपियो

उनी डिल्लिबजार मालपोत कार्यालयमा हुँदा बालुवाटारको प्रधानमन्त्री र प्रधानन्यायाधीशको सरकारी निवासको जग्गा व्यक्तिलाई बेच्ने प्रकरणमा पनि छानबिनको दायरामा तानिने निश्चित छ । उनको नाम प्रहरीको केन्द्रीय अनुसन्धन व्युरो (सीआइबी) र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको दायरामा ल्याउनुपर्ने भनी किटान गरिसकेको छ ।

लामो समय निजामति सेवा गरी सह–सचिवबाट अवकाश भएका उनीविरुद्ध उपसचिव तथा डिल्लिबजार मालपोत कार्यालयमा हुँदा युएन पार्कको सार्वजनिक जग्गा व्यक्तिका नाममा पास गरेको मुद्दा अझै अख्तियारमा छ । तर, उनी त्यहाँ सेटिङ गरी उम्किएका थिए ।

उनको बद्मासीको रहस्यचाहिँ आफ्नै ससुरालीका जेठान पर्नेको जग्गा हडपेका कारण खुल्न थालेको छ । जेठान ललितबहादुर लिम्बुकी पत्नी शिवरूपा लिम्बुनीको नाममा रहेको काठमाडौं–१६ को जग्गा विगत १० बर्षदेखि नदिएको र ०४७ सालदेखि आफ्नै अधिनमा राखेका खापुङले अहिले पनि प्रशासनमा आफ्नो तुजुक देखाउन छाडेका छैनन् ।

जबकि, उक्त जग्गाको रेखाङ्कन शिवरूपाका नाममा नै हुनुपर्ने नापी विभागको पत्र, खापुङबाट शान्ति सुरक्षा पाउँ भनी शिवरूपाले दिएको उजुरी जिल्ला प्रशासन कार्यालयमा छ ।

काठमाडौं–१६ स्थित खापुङको घर निवास छेउमा शिवरूपाका पति स्व. ललितबहादुरले एक रोपनी १० आना जग्गा किनेका थिए । आफन्त भएका कारण रेखदेखमात्र गरिदिन खापुङलाई भनिएको थियो तर उनले पर्खाल लगाएर जग्गा नियन्त्रणमा राखेका छन् । छाड्न मानिरहेका छैनन् ।

उक्त जग्गा उपभोग गर्न नदिएपछि जिप्रका काठमाडौंमा शिवरूपा र परिवारका अन्य सदस्यले ९१९९ नम्बरमा २३ फागुनमा उजुरी दर्ता गराएका थिए ।

खापुङले पर्खाल लगाएर कब्जाका लिएको जग्गा शिवरूपाको रहेको र त्यसको रेखांकन गरिदिन नापीले लेखेको पत्र

खापुङका भदाहरू तथा शिवरूपाका छोराहरू धीरेन्द्र र प्रकाशका अनुसार उक्त जग्गा उपभोगका लागि कठिनाई भएपछि फुपाजुविरुद्ध प्रशासनसम्म पुग्नु परेको हो ।

किराँत याक्थुम चुम्लुङ काठमाडौंको कोषाध्यक्ष समेत रहेका खापुङले परिवारका अन्य सदस्यलाई भने सो जग्गा आफ्नो भएको भनी दाबी गर्दै पीडित परिवारलाई दबाबमा राख्ने प्रयास गरिरहेका छन् ।

नापीले के भन्यो ?

नापी विभागले इन्जिनियर सदानन्द यादवका गत १० माघमा पत्र लेखेर शिवरूपाको उक्त विवरणको जग्गाको रेखाङ्कन गर्न खटाएको थियो । जग्गाको रेखाङ्कन भएपछि त्यसलाई उपभोग गर्न सम्बन्धित मालिकलाई खापुङले दिएनन् ।

घरी एउटा सहमति गर्ने र घरि अर्को सहमति गर्ने नाममा झुलाइरहेका कारण आफ्नो सम्पत्ति उपयोगका लागि प्रशासनसम्म पुग्नु परेको जग्गाधनी शिवरूपा बताउँछिन् ।

प्रतिक्रिया
सम्बन्धित