
काठमाडौं, २८ चैत । अर्घाखाँचीकाे भुमिकास्थान नगरपालिका–८, घेन्चनबास निवासी भिमबहादुर नेपालीको दुबै मृगौला फेल भएपछि प्रत्यारोपणका लागि सहयाेगकाे अपिल गरेका छन् । आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै उनको परिवारले सहयोग गरिदिन अपिल गरेका छन् ।
३५ वर्षीय भिमबहादुरका श्रीमती, एक छोरा र एक छोरी छन् । भिमबहादुर हाल उपचारका लागि वीर अस्पतालमा रहेका छन् ।
सहयोगका लागि भिमबहादुरकी श्रीमती रिता नेपालीको नाममा एभरेष्ट बैंक सन्धिखर्क शाखामा रहेको खता नंं.०३९००५०१२०५३०२ (03900501205302) मा आर्थिक सहयोग गर्न सकिने रिताले बताइन् ।
पीडितकी श्रीमती रिता नेपालीको मोवाईल नम्बर ९८४७१११९३६ मा सम्पर्क गरेर पनि सहयोग गर्न सकिने उनको परिवारले जनाएको छ ।












प्रतिक्रिया