१९ कार्तिक २०८३, बिहिबार

युवतीलाई यौनदुर्व्यवहार गरेको आरोपमा खानेपानी बोर्डका कार्यकारी निर्देशक पक्राउ

4.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । यौनदुर्व्यवहारको आरोपमा भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहाललाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार राति ८ बजे आफ्नै क्वार्टरमा बोलाएर जबरजस्ती गर्न खोजेको भन्दै एक युवतीले उजुरी गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । श्रीमती नभएको वेला बोलाएर जबरजस्ती गर्न खोजेको ती युवतीको आरोप छ ।

युवती गैंडाकोटको एक उद्योगमा कार्यरत रहेकी छन् ।