३१ आश्विन २०८३, शनिबार

अस्पताल भर्ना भए दलाई लामा

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, २७ चैत । भारतमा निर्वासनमा रहेका तिब्बती धर्मगुरु दलाई लामा अस्पताल भर्ना भएका छन् । उनी छातीमा समस्या देखिएपछि नयाँ दिल्लीमा रहेको एक अस्पतालमा उपचारको क्रममा भर्ना भएका हुन्।

उनको स्वास्थ्यमा सुधार आएको र छिट्टै अस्पतालबाट डिस्चार्ज गरिने लामाका नजिकैका नातेदारले बताएका छन्।

उनलाई केही दिनमा नै अस्पतालबाट घर लैजाने लामाका निजी प्रवक्ता तेन्जिन ताक्लाले एएफपी समाचार समितिलाई बताएका छन्।

८३ वर्षीय लामालाई छातीमा सङ्क्रमण भएको तर हालको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ।

प्रवक्ता ताक्लाका अनुसार दलाई लामालाई स्वास्थ्यमा केही अप्ठ्यारो महसुस भएपछि विमानमार्फत् हिमाँचल राज्यको धर्मशालाबाट दिल्ली ल्याइएको थियो।

दलाई लामा नोबेल शान्ति पुरस्कारबाट पुरस्कृत व्यक्तित्व हुन्। -एजेन्सी