
काठमाडौं, २७ चैत । काठमाडौंको तिनकुनेस्थित एनसिसि बैंकको शाखा कार्यालयमा रहेको एटिएम मेसिन फोरेर चोरी गर्ने क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं–३२ बस्ने रामेछापका १८ वर्षीय विशाल तामाङलाई मंगलबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ । विशालको साथबाट प्रहरीले एटिएम मेसिन फुटाउन प्रयोग गर्ने हतौडा १ थान, फलामको छिनो १ थान र मार्तोल १ थान समेत बरामद गरेको छ ।












प्रतिक्रिया