१९ कार्तिक २०८३, बिहिबार

काँग्रेस र राप्रपाका स्थानीय नेता नेकपामा प्रवेश, प्रचण्डले गरे स्वागत

5.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २७ चैत । नेपाल कम्यनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेस र राप्रपा परित्याग गरी पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गरेका छन् । चितवनको माडी नगरपालिकामा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले नेकपा प्रवेश गर्ने स्थानीय नेताहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।

माडी नगरपालिका वडा नं. १ का नेपाली काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरु उत्तम न्यौपाने, अर्बिन काफ्ले र दशरथ भण्डारी रहेका छन् ।

यस्तै राप्रपाबाट सुरज कार्की, मनोज राई, प्रेम न्यौपाने, राजकुमार राई, डोरबहादुर कार्की, श्याम नेपाली, विशाल सापकोटा, नवराज राई, भिमबहादुर राई, सुजन कुमाल, जीवन नेपाली, रवीन्द्र कार्की यन्द्र प्रसाई, प्रताप प्रसाई, दुर्गा प्रसाई, रोशन भट्टराई, हेम राई, गोपाल नेपाल नेकपामा प्रवेश गरेका छन् ।