बुधबार, ११ असार २०७६
DainikNepal.com
बुधबार, ११ असार २०७६

महन्थ ठाकुरको अहँकारले राजपा ध्वस्त, बिघठनको संघारमा पार्टी

दैनिक नेपाल २०७५ चैत २७ गते ९:१७

काठमाडौं, २७ चैत । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)भित्र अहिले पनि महन्थ ठाकुरको अहँकार र घमण्डले बास गरेको छ भन्ने कुरा मंगलबारको बैठकबाट देखिएको छ ।

राजपा नेपालको अध्यक्षमण्डको बैठकमा ठाकुर जसरी प्रस्तुत भएका छन् त्यसले कार्यकर्ताहरूको मन खिन्न बनाइदिएको छ । राजपाको संयोजक र नेता आफू मात्रै हुँ भन्ने ठाकुरको अहँकारले पार्टीलाई नोक्सानी पु-याएको एक नेताले बताए ।

मंगलबार पार्टी मुख्यालय बबरमहलमा राजपा नेपालको अध्यक्षमण्डलको बैठक बसेको थियो । बैठक कहाँ बस्ने भन्ने कुरा संयोजकले तोक्ने हो । तर, ठाकुर आफ्नो भन्दा अर्को नेताको कोठामा जान मन गर्दैनन् ।

त्यसपछि ठाकुरकै कार्यकक्षमा बैठक बसाल्नुपर्ने बाध्यता संयोजकलाई हुने गरेको छ । मंगलबार पनि ठाकुरकै कार्यकक्षमा बैठक बसेको छ ।

राजपाको संयोजक पद खुस्किएपछि तनावमा परेका ठाकुरले छ महिनासम्म राजपालाई अगाडि बढ्नै दिएनन् । अहिले पनि राजपालाई अनिर्णयको बन्दी बनाउनुमा ठाकुरकै प्रमुख हात छ भन्ने आरोप नेताहरूको छ । उनले कुनै पनि निर्णय गर्न दिँदैनन् । सधैँ असहयोग गरिरहन्छन् ।

ठाकुरका कारण बैठक उनकै कोठामा बसाल्नुपर्ने बाध्यता छ । अहिले पनि राजपाको अध्यक्ष मण्डलका पाँच जनालाई ठाकुरले आफ्नो औलामा नचाएको चर्चा बबरमहलमा हुने गरेको छ ।

ठाकुरकै कारण राजपा नेपाल बिघठनको संघारमा पुगेको चर्चा हुन थालेको छ । वैशाखमा महाधिवेशन गर्ने भनिएको थियो । उनै ठाकुरका कारण महाधिवेशन हुने अवस्था छैन ।

प्रतिक्रिया
सम्बन्धित