३१ आश्विन २०८३, शनिबार

अमेरिकाद्वारा इरानको सरकारी सेनालाई आतंकवादी घोषित

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क, २६ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सेनालई विदेशी आतंकवादी संगठन घोषित गरेका छन् । ट्रम्पले इरानको रिभोलशनरी गार्ड कर्प्स (आइआरजिसी)लाई आतंकवादी संगठन घोषित गरेको हो।

अमेरिकाले कुनै पनि देशको सेनालाई आतंकवादी संगठन घोषणा गरेको यो पहिलोपटक हो । आइआरजिसीको अर्थ ‘इम्प्लिमेन्टिङ्ग इट्स ग्लोबल टेररिस्ट क्याम्पेन’ रहेको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

इरानसँग भएको परमाणु सम्झौता राष्ट्रपति ट्रम्पले गएको वर्ष तोडेपछि दुई देशको सम्बन्धमा तनाव आएको थियो । अब यो घटनाले थप गम्भीर बनाएको छ ।