
काठमाडौं, २५ चैत । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको जन्मदिनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्प गुच्छा सहित केक खुवाएर शुभकामना दिएका छन् । सोमबार जन्मदिन परेका उपप्रधानमन्त्री पोखरेललाई प्रधानमन्त्री ओलीले केक काटेर खुवाउँदै शुभकामना दिए ।
मन्त्रिपरिषद् बैठकका लागि बालुवाटारमा भेला भएका मन्त्रीहरुकाबीच उपप्रधानमन्त्री पोखरेलको जन्मदिन मनाइएको हो । बैठकमा उपस्थित अन्य मन्त्रीहरुले पनि उनलाई जन्मदिनको शुभकामना दिएका छन् ।
हेर्नुस् तस्वीर






















प्रतिक्रिया