
काठमाडौं, २४ चैत । नेपाली सेनाले राजनीतिक विषयमा बोलेका पूर्व सैन्य अधिकारीमाथि कारबाहीको डन्डा चलाउने बताइएका बेला दुई जनाको नाममात्र अगाडी सारियो ।
पूर्व सहायक रथीद्वय धर्म बानियाँ र प्रेमसिंह बस्न्यातलाई कारबाीहका लागि सैनिक मुख्यालयले पत्र पठाएको बताइएको थियो । तर, राजनीतिक विषयमा बोलेका अन्यलाई भने सैन्य मुख्यालयले कारबाहीका लागि किन पत्र पठाएको चर्चा भएन ?
हुन त कारबाहीको हल्ला गलत रहेको भन्दै आफू आम नागरिकका हिसाबमा बोल्न पाउने अधिकार रहेको भन्दै बस्न्यातले त्यसको खण्डन गरिसकेका छन् । तर, सैनिक मुख्यालयले भने कारबाहीको प्रक्रिया अघि बढाएको वा छैन भन्ने विषयमा यी हल्लाबीच कुनै प्रष्टीकरण दिइसकेको छैन ।
सैनिक नियममा अवकास भएको दुई बर्षसम्म कुनै सार्वजनिक अभिव्यक्ति ननिदे नियमलाई अघि सारी बानियाँ र बस्न्यातमाथि कारबाही हुने चर्चा चलाइयो । तर, यो नियमले दुवैलाई नछुने देखिन्छ ।
तर, सेनाको यो नियमले कारबाहीको भागीदार बन्नछन्, पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्री । उनले हालैमात्र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहलाई सरकारले गरेको प्रतिबन्धका विषयमा सार्वजनिक रूपमा मिडियामा बोलेको चर्चा चलेको थियो ।
उनलाई उदृत गर्दै ‘बन्दुक वा सेनामार्फत विप्लवलाई मूलधारमा ल्याउन नसकिने’ विषयका समाचारहरूमा जनाइएको थियो । जबकि सरकारले विप्लव माओवादीमाथि प्रतिबन्धको निर्णय गरी कारबाही प्रक्रिया पनि अघि बढाइसकेको थियो ।
अछाममा नेपाल प्रहरीसँग दोहोरो भिडन्त समेत भएको विवरणहरू सतहमा आएका बेला क्षत्रीको अभिव्यक्तिमाथि सैन्य नियमले किन छोएन ?
उच्च सैनिक अधिकारीका अनुसार हालका प्रधानसेनापति पूर्णचन्द्र थापाको आफन्त पर्ने भएकाले पनि क्षत्रीको अभिव्यक्तिबारे सेनाले खास टिप्पणी वा कारबाही प्रक्रिया अघि बढाउने निर्णय नगरेको हुन सक्छ ।
सबैभन्दा विवादीत क्षत्री नै !
अभिव्यक्तिका विषयमा क्षत्रीमाथि कारबाहीको डन्डा नचलाए पनि सेनाले उनको कार्यकालमा भएको भ्रष्टाचार र त्यसले निम्त्याएको विवादका विषयमा सोधपुछ गर्न सक्ने उच्च अधिकारीहरू बताउँछन् ।
‘क्षत्रीका पालामा भएका कतिपय ठेक्कादेखिका अन्य विषयमा भ्रष्टाचार भएको र त्यसविरुद्ध उजुरीका सन्दर्भमा कारबाही अघि बढ्नसक्ने ठाउँ छ’, रक्षा मन्त्रालय स्रोतले भन्यो,‘उहाँको पालामा अन्यायमा परेकोसहितका उजुरीमाथि छानबिन हुनसक्छ, त्यसका लागि सेनासँग समन्वयकारी र विवरणहरूबारे खोजबिनको प्रक्रिया बढेको छ ।’
हालसम्मका प्रधानसेनापतिबाट अवकाश पाएका मध्ये क्षत्रीको सम्पत्ति विवरणका विषयमा पनि सम्बन्धित पक्षले चासोका साथ हेरेको बताइन्छ ।















प्रतिक्रिया