३१ आश्विन २०८३, शनिबार

बिजेपीलाई भोट नदिन नसिरुद्धिन शाहसहित ६ सय कलाकारको आग्रह

5.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, २४ चैत । बलिउडका ६ सय भन्दा धेरै कलाकारहरुले आसन्न लोकसभा चुनावमा सत्तारुढ दल भारतीय जनता पार्टीलाई मतदान नगर्न संयुक्त आह्वान गरेका छन् ।

थिएटरबाट बलिउडमा उदाएका र अन्य गरी ६ सय १६ जना कलाकार यस अभियानमा सक्रिय छन् । अमोल पालेकर, अनुराग कश्यप, डोली ठाकोर, लिलेट दुबे, नसिरुद्धिन शाह, अभिषेक मजुमदार, अनामिका हक्सर, नवराज जौहर, एमके रैना, महेश दत्तानी, कोंकणा सेन शर्मा, रत्ना पाठक शाह, संजना लगायत कलाकारले संयुक्त अपिलमा हस्ताक्षर गरेका छन् ।

सबैभन्दा कमजोरलाई शसक्त बनाउन, स्वतन्त्रताको रक्षा गर्न, पर्यावरणीय रक्षा गर्न र वैज्ञानिक सोचलाई बढावा दिने पार्टीलाई मतदान गर्नै उनीहरुले आग्रह गरेका छन् । अपिल भारतका विभिन्न १२ भाषामा लिखित छ ।

‘२०१९ को लोकसभा चुनाव स्वतन्त्र भारतको इतिहासमा सबैभन्दा कठिन चुनाव हो । भाजपा केही समययता सत्तामा छ । तर हिन्दुत्वका गुण्डालाई यस सरकारले जन्मायो ।’ विज्ञप्तिमा लेखिएको छ ।

भारतको बिचार खतरामा रहेको भन्दै देशमा गीत, नाच, हास्य र संविधा नै खतरामा रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै प्रश्न गर्नु, झुटलाई सार्वजनिक गर्नु र सत्य बोल्नुलाई ‘राष्ट्रविरोधी’ विल्ला भिराइने भन्दै सत्ताको विरोध गर्नुपरेको कलाकारहरुले जनाएका छन् ।