
काठमाडौं, २३ चैत । भारतीय चर्चित कलाकार शत्रुघन सिन्हाले भारतीय जनता पार्टी त्यागेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी त्यागेर सिन्हा काँग्रेसमा प्रवेश गरेका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
शनिबार पार्टी त्याग गर्दै उनी विपक्षी दल काँग्रेसमा प्रवेश गरेका हुन्। करिब ३० वर्षसम्म सिन्हा भाजपा सदस्य थिए। सिन्हा पटनाका सांसद समेत हुन्। तर यसपटकको लोकसभा चुनावमा पार्टीले उनलाई सांसदको टिकट दिएन।
उनको स्थानमा नेता रविशंकर प्रसादलाई उठाइएको छ। सांसदको टिकट नपाएका सिन्हाले पार्टी त्यागेका जनाइएको छ । –एजेन्सी















प्रतिक्रिया