३१ आश्विन २०८३, शनिबार

७३७ म्याक्स विमान उत्पादन बन्द गर्ने बोइङकाे घोषणा

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । अमेरिकी विमान उत्पादन कम्पनी बोइङले आफ्नो ७३७ म्याक्स मोडलका विमान उत्पादन बन्द गर्ने घोषणा गरेको छ ।

लगातार दुर्घटनामा परेपछि बोइङले ७३७ म्याक्स मोडलका दुई विमान उत्पादन अस्थायी रुपमा बन्द गर्न लागेको जनाएको छ । विमान उत्पादन तत्कालका लागि बन्द भएपनि यस मोडलको उत्पादन भविष्यमा चाँडै सुरु हुने बोइङले जनाएको छ।

गत वर्षको अक्टोबर महिनामा इन्डोनेसियाको लायन एयरलाइन्सको बोइङ ७३७ म्याक्स विमान जाभा समुद्रमा दुर्घटनापछि खसेको थियो। त्यसमा सवार सबै १ सय ८९ जनाको मृत्यु भएको थियो। –एजेन्सी