१९ कार्तिक २०८३, बिहिबार

सिसडोलमा स्थानीयले गरेको अवरोध हट्यो

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ,  २२ चैत । काठमाडौं उपत्यकाको फोहोर विसर्जनस्थल सिसडोलमा स्थानीयले गरेको अवरोध हटेको छ । फोहोर लिएर गएको मिनी ट्रकको ठक्करबाट मृत्यु भएका बालकका परिवारलाई २२ लाख क्षतिपूर्ति दिने सहमति पछि अवरोध हटेको हो ।

ललितपुरबाट गएको बा ४ ख ९६४७ नम्बरको मिनी ट्रकले ओखरपौवाका १३ वर्षीय संजोग नेपालीलाई ठक्कर दिएकोमा उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा उनको बाटैमा मृत्यु भएको थियो ।

घटनामा घाइते भएका उनका भाई १२ वर्षीय राजन नेपालीको काठमाडौंस्थित ग्राण्डि अस्पतालमा उपचार भइरहेको छ । सिसडोलमा भएको वार्तामा काठमाडौं र ललितपुर महानगरपालिकासहित फोहोर उठाउने निजी कम्पनी मृतकका परिवारलाई क्षतिपूर्ति दिन सहमत भएका हुन् ।

सहमति अनुसार अबको ३५ दिनभित्र दुई महानगरपालिकालले १५ लाख गाडीधनी कम्पनीले किरियाखर्च र घाईते बालकको उपचारका लागि ७ लाख रुपैयाँ उपलब्ध गराउनेछ । साथै घाईते बालकलाई कक्षा १२ सम्म पढाउनुपर्ने सहमति पनि छ ।

काठमाडौं उपत्यकाबाट दैनिक ८ सय टन फोहोर नुवाकोटको ककनी गाउँपालिका २ स्थित सिसडोलमा विर्सजन हुँदै आएको छ ।