१९ कार्तिक २०८३, बिहिबार

स्वीट्जरल्याण्डका लागि नेपाली राजदूतमा भट्टराई नियुक्त

4.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ,  २१ चैत । स्वीट्जरल्याण्डका लागि नेपाली राजदूतमा मणिप्रसाद भट्टराई नियुक्त भएका छन् ।

जेनेभास्थित संयुक्त राष्ट्रसघंका लागि नेपालको स्थायी प्रतिनिधिको रुपमा कार्यरत भट्टराईलाई सरकारले स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूतमा सिफारिस गरेको थियो ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्ले राजदूतका लागि सिफारिस गरेका भट्टराईलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिए ।