३१ आश्विन २०८३, शनिबार

अश्लिल सामाग्री प्रचारको विवादमा टिकटक, प्रतिबन्ध लगाउन अदालतको आदेश

7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । विश्वभर चर्चा र प्रयोगमा रहेको टिकटकले निकै लोकप्रियता बटुलेको छ । तर छोटो समयको अभिनय गरेर साथिभाइ, आफन्तसमक्ष सेयर गर्ने टिकटक कतिपय स्थानमा विवाद पनि आएको छ ।

कोही यसैबाट रातारात स्टार पनि भएका छन् । तर यहि टिकटकलाई कतिपय स्थानमा भने बन्द गर्न अभियान नै पनि चालिएको छ । कतिपय देशमा सरकारले नै बन्देज समेत लगाइसकेको छ ।

यस्तै भारतको मद्रास हाई कोर्टले टिकटकमाथि प्रतिबन्ध लगाउन केन्द्र सरकारलाई आदेश दिएको छ । कोर्टले टिकटकमा अश्लिल सामाग्रीहरु राखेको हुदा त्यसलाई बालबालिकाले समेत हेरिरहेको भन्दै केन्द्र सरकारलाई टिकटकमाथि प्रतिबन्ध लगाउन भनेको हो ।

यसअघि अश्लिल सामाग्रीहरु राखिएको कारण नै इन्डोनेशिया र बंगलादेशमा टिकटकमाथि प्रतिबन्ध लागिसकेको छ ।