
काठमाडौं, २१ चैत । युरोपेली संघबाट बाहिरिने विषयको ब्रेक्जिटको समय बढाउने पक्षमा बहुमत संख्यामा बेलायती सांसदहरुले मत दिएका छन् ।
बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्समा भएको मतदानमा बहुमत सांसद ब्रेक्जिटको समयसीमा बढाउने पक्षमा उभिएका हुन् ।
ब्रेक्जिटको समय सीमा बढाउने विषयमा बेलायती तल्लो सदनमा १ मतको अन्तरले बहुमत पाएको हो । ब्रेक्जिटलाई लिएर बेलायतको संसदमा गतिरोध अन्त्यको प्रयास स्वरुप यस्तोृ प्रस्ताव ल्याइएको थियो ।
संसदको यो बहुमतले बेलायती प्रधानमन्त्री टेरिजा मेलाई युरोपेली संघसँग ब्रेक्जिट प्रक्रियाको समयसीमा बढाउनका लागि समय माग्न बाध्य तुल्याउने छ । –एजन्सी















प्रतिक्रिया