३१ आश्विन २०८३, शनिबार

चीनको सिचुआन प्रान्तमा भएको आगलागीमा परी ३० जनाको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ,  १९ चैत । चीनमा भएको आगलागीमा परी ३० जनाको मृत्यु भएको छ। चीनको दक्षिणी सिचुआन प्रान्तमा भएको आगलागीमा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले सोमबार जनाएका छन्।

मृत्य भएकामध्ये २७ जना अग्नि नियन्त्रक रहेका छन् भने आगो निभाउन गएका तीन स्थानीय बासिन्दा शनिबार दिउँसोसम्म सम्पर्कमा नआएका बताइएको छ। अचानक हावाहुरी आएपछि आगलागी भएको आपतकालीन व्यवस्थापन मन्त्रालयले जनाएको छ।

आगलागी भएको ठाउँबाट स्थानीय अधिकारीहरूले ६ सय ८९ जनालाई बाहिर निकाल्न सफल भएका छन्। स्थानीय समय अनुसार शनिबार बेलुका ६ बजेसम्ममा आगो नियन्त्रणमा आइसकेको थियो।

घटना भएको ठाउँ निकै दुर्गम पहाडी क्षेत्र मानिन्छ। अग्नि नियन्त्रकहरू अझै पनि घटनास्थलमा सक्रिय रहेका छन्।  शवहरूको पहिचान गरी उनीहरूका आफन्तलाई हस्तान्तरण गर्ने कार्य भइरहेको अधिकारीहरूले जनाएका छन् । -एजेन्सी