१९ कार्तिक २०८३, बिहिबार

कृष्णनगरका कार्यपालिका सदस्यहरुकाे एकदिनकाे तलब हुरी पीडितलाई दिने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, १८ चैत । प्रदेश नम्बर २ मा हुरीले गरेकाे धनजनको क्षतिप्रति दु:ख व्यक्त गर्दै कृष्णनगर नगरकार्यपालिकाले सबै कार्यपालिका सदस्यहरुकाे एकदिनकाे तलब पीडित परिवारलाई दिने निर्णय गरेकाे छ ।

हिजाे प्रदेश नम्बर २ काे बारा र पर्सा जिल्लामा आएकाे हुरीले ज्यान गुमाएका र घाइते परिवारप्रति दु:ख व्यक्त गर्न सोमबार बसेकाे कृष्णनगर नगरकार्यपालिकाकाे बैठकमा नगरप्रमुख रजत प्रताप शाहले प्रस्तावमाथि अन्तिम निर्णय गरी प्रदेश र संघीय सरकारले पनि सक्दाे छिटै राहत वितरण गर्न अनुराेध गरे ।

कार्यपालिका सदस्यहरुले प्राकृतिक विपदका बेला सबै मिलेर पीडित परिवारलाई सहयाेग गर्न अगाडि बढ्नुपर्ने बताए ।