
दमौली, १७ चैत । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले आइतबार यहाँ एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ३५ वर्षीया फूलमाया नेपालीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा तनहुँको शुक्लागण्डकी नगरपालिका–७ म्याराथन धारापानीका ४० वर्षीय श्रीराम श्रेष्ठलाई पक्राउ गरेको हो ।
श्रीरामले शुक्रबार मादक पदार्थ सेवन गरी फूलमायालाई कुटपिट गरी हत्या गरेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । उनले श्रीमतीको शवलाई घरदेखि करीब २० मिटर टाढा बारीमा फालेका थिए । हत्या अभियोगमा पक्राउ परेका श्रीरामलाई तनहुँ जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको छ । –रासस












प्रतिक्रिया