
हेटौंडा, १७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दुराष्ट्र पुनर्स्थापनाको निमित्त आइतबारदेखि देशव्यापी हस्ताक्षर अभियान शुरु गरेको छ। हेटौंडामा आयोजित कार्यक्रममा अध्यक्ष कमल थापाले पहिलो हस्ताक्षर गरि अभियानको उद्घाटन गरे ।
आफ्नो पार्टीले उठाएका मागलाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई थापाले आग्रह गरे । मुलुकमा बढ्दो भ्रष्टाचार र ब्रम्हलुटप्रति थापाको तीब्र आक्रोश थियो । भ्रष्टाचार संस्थागत भएको र सरकारले कारवाही गर्न उदासिनता देखाएको उनको आरोप थियो ।
हिन्दुत्वको मुद्दा सङ्ग कोहि तर्सिनु पर्दैन भन्दै थापाले ॐकार परिवार भित्रका सबैको साथ समर्थन र सहयोगको आग्रह गरे । पहिचान रक्षाको निमित्त एकपटक सबै उठ्नुपर्ने बताए ।
बिखण्डको आवाजलाई गम्भिरतपूर्व लिन आवश्यक रहेकाे थापाले बताए । स्वाधिनता, राष्ट्रिय अखण्डताको बिषयमा कहिल्यै सम्झौता हुन नसक्ने भन्दै थापाले सरकार राष्ट्रिय एकता र अखण्डताको रक्षार्थ खरो रुपमा उत्रन नसकेको आरोप लगाए ।
कार्यक्रममा राप्रपा सहायक महामन्त्री राजाराम बर्तौला, मकवानपुर अध्यक्ष मधु अधिकारी लागयतले बोलेका थिए । अध्यक्ष थापा जिल्लाको फापरबारी र छतिवनमा आयोजित कार्यक्रममा सहभागी भइ १९ गते काठमाडौं फर्किने कार्यक्रम रहेको राप्रपा सहयक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।












प्रतिक्रिया