३१ आश्विन २०८३, शनिबार

भाजपाका अध्यक्ष शाहको सम्पत्ति तीन गुणाले बढयो

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, १७ चैत । भारतमा अहिले लोकसभा चुनावको सरगर्मी उच्च छ । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष अमित शाहले शनिबार गुजरातको गान्धीनगरबाट उम्मेदवारी दर्ता गरेका छन् ।

उम्मेदवारी दर्ता गर्ने क्रममा दिइएको जानकारी अनुसार पछिल्लो सात वर्षमा उनको सम्पति तीन गुणा बढेको छ । आफू र श्रीमतीको गरि चल–अचल सम्पति ३८.८१ करोड रहेको शाहले उल्लेख गरेका छन् । सन् २०१२ मा शाहको सम्पति ११.७९ करोड थियो ।

उम्मेदवारी दर्ता गर्ने क्रममा दिइएको जानकारी अनुसार २३.४५ करोड सम्पति पारिवारिक विरासतमा प्राप्त भएको हो ।

अमित शाह र उनी श्रीमतीको बचत खातामा २७.८० लाख रहेको छ । यस्तै ९.८० लाख बराबरको मुद्दती बचत रहेको छ । शाह दम्पत्तीको वार्षिक आय २.८४ करोड रहेको छ ।