१९ कार्तिक २०८३, बिहिबार

जगदम्बा स्टिलविरुद्ध पर्सा राष्ट्रिय निकुञ्जमा ज्ञापनपत्र

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, १५ चैत । बाराको सिमरामा रहेको जगदम्बा स्टिलले पर्सा राष्टिय निकुञ्ज भित्र रहेको सिमसार क्षेत्रमा रहेका रुख बिरुवा, वन्यजन्तु र सिमसार क्षेत्रमा गम्भीर आघात पुर्याएको भन्दै सिमराका स्थानीयले पर्सा राष्ट्रिय निकुञ्जमा ज्ञापन पत्र बुझाएका छन ।

उनीहरुले पत्रमा उद्योगले सिमसार क्षेत्र मिचेको, निकुञ्ज भित्र रहेका रुख विरुवाहरु प्रदुषण छायाँका कारण सुक्दै गएको, वन्यजन्तु मर्दै गएको भन्दै उद्योगलाइृ कार्यवाही गर्न माग गरेका छन् ।

प्रदुषणमुक्त सिमरा अभियानको तर्फबाट निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर मर्हजनलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझदै मर्हजनले आफनो क्षेत्रमा के भएको छ त्यसको छानबिन अगाडि बढने बताए ।

ज्ञापन पत्र बुझाउन अभियान्ताहरु भोला अधिकारी, मनोज पौडेल, श्यामबाबु गुप्ता, हरी थपलिया, छविलाल शर्मा, राजाराम साह, कर्ण थापा, बलराम श्रेष्ट, कर्ण बोगटी लगायत निकुञ्ज पुगेका थिए ।