
विराटनगर, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले मोरङ जिल्लामा कार्यरत सहायक वन अधिकत सलाउद्दित अन्सारीलाई घुस लिएको आरोपमा रकमसहित शुक्रबार पक्राउ गरेको छ ।
सव डिभिजन वन कार्यालय केराबारी मोरङमा कार्यरत अन्सारीलाई आज रु ३५ हजार रकमसहित डिभिजन वन कार्यालय विराटनगरको हाताभित्रबाट पक्राउ गरिएको आयोगको इटहरी कार्यालयले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको पनि आयोगले जनाएको छ । – रासस












प्रतिक्रिया