५ कार्तिक २०८३, बिहिबार

राजपाका अर्का नेता सञ्जय टक्लालाई जन्मकैद

13.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । राजपाका अर्का नेता तथा जनकपुरमा ६ बर्ष अघि भएको बम काण्डका दोषी भनिएका पूर्व राज्यमन्त्री संजय साह टक्लालाई जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको छ ।

न्यायाधीश राजेशकुमार कटुवालको इजलासले टक्लासहित ७ जनालाई जन्मकैदको फैसला सुनाएको श्रेस्तेदार राधाकान्त झाले जानकारी दिए ।

टक्ला ५ वर्षदेखि पूर्पक्षका लागि थुनामा छन् । उनी नख्खु कारागारमा छन् । जनकपुरको रामानन्द चौकमा भएको बम काण्डमा परी ५ जनाको हत्या तथा करिब ४० जना घाईते भएका मुद्दा र जनकपुरका सञ्चार उद्यमी अरुण कुमार सिंघानियाको हत्यामा पनि टक्लालाई दोषी ठानिएको थियो ।

टक्ला त्यसबेला राजेन्द्र महतोको पार्टी सद्भावनामा आवद्ध थिए । उक्त पार्टी एकीकरण भई बनेको राजपामा पनि उनका लागि पद र जिम्मेवारी छुट्याइएको थियो ।

केही साता अघिमात्र राजपाका सांसद रेशमलाल चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।