
हृदय भुसाल
अर्घाखाँची १३ चैत्र । दलित विद्यार्थीहरुका लागी सन्धिखर्क नगरपालिकाले १२ दिने लोकसेवा तथा शिक्षासेवा तयारी कक्षा सन्धिखर्कमा सुरु गरेको छ । बेरोजगारी समस्या सामाधान गर्दै स्वरोजगार वनाउन नगरपालिकाले विभिन्न खालका स्वरोजगार मूलक तथा सिपमूलक तालिमहरु सञ्चालन गर्दै आएको नगरप्रमुख कमल प्रसाद भुसालले बताए ।
नगर उपप्रमुख ठाकुर कुमार विकले रोजगारमूलक ,व्यवसायिक वैज्ञानिक तथा प्राविधिक शिक्षा अहिलेको मुख्य आवश्यकता भएको वताउँदै लोकसेवा कक्षामा सहभागीे विद्यार्थीहरुले मेहेनत गरे सवै विद्यार्थी सफल हुने विश्वास व्यक्त गरे । लोकसेवा तयारी कक्षाले निकै आत्मवल वढाएको सहभागी विद्यार्थीहरुले प्रतिक्रिया दिए । सहभागी विद्यार्थीले भने,‘ जिल्लामा बसेर निशुल्क रुपमा तयारी गर्न पाउँदा निकै खुसी छौं ’।
तयारी कक्षामा जिल्लाका विभिन्न कार्यालयमा कार्यरत अधिकृत स्तरका कर्मचारीहरुले सहजीकरण गर्ने प्रमुख प्रशासकिय अधिकृत निरज पौडेलले वताए । नगरपालिकाका १२ वटै वडाका दलित जेहेन्दार विद्यार्थीहरुको सहभागिता रहेको छ । कक्षामा सुब्वा र खरिदारका लागि ३६ जना र आधारभूत शिक्षा तह तर्फ ३६ जना गरि जम्मा ७२ जना सहभागि बनेका छन् ।
कक्षा सञ्चालन गर्न नगरपालिकाको लक्षित कार्यक्रमतर्फको १ लाख ५० हजार बजेटबाट कक्षा सञ्चालन गरिएको नगरपालिकाका शाखा अधिकृत गोविन्द केसीले वताए ।धेरै चाहाना हुँदा हुँदै पनि आर्थिक हिसावले कमजोर भई धेरै पैसा खर्च गरेर जिल्ला बाहिर गई लोकसेवा तयारी कक्षा लिन नसक्नेको लागि तालिम प्रभावकारी विश्वास लिइएको छ ।












प्रतिक्रिया