
बझाङ, १२ चैत । सुर्मा गाउँपालिका-५ स्थित सौनगाउँ बस्ने १४ वर्षीय आनन्द बिकको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न सोही ठाउँ बस्ने १८ वर्षीय जीवन बोहरा र १८ वर्षीय रनु बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।
भलिबल खेल्ने क्रममा आइतबार दिउँसो भएको विवादपछि उनीहरुले कुटपिट गर्दा गम्भीर घाइते भएका बिकको उपचारको लागि जिल्ला अस्पताल बझाङ हुँदै थप उपचारको लागि कोहलपुर बाँकेतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
कुटपिट गरि फरार भएका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय बझाङ, प्रहरी चौकी दौलीचार र सशस्त्र प्रहरी बलको संयुक्त रुपमा खटिएको प्रहरीले खोजी गर्ने क्रममा सुर्मा गाउँपालिका-५ मा फेला पारी पक्राउ सोमबार साँझ पक्राउ गरेको हो ।
घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया