१९ कार्तिक २०८३, बिहिबार

एसएलसी (०४७) पूर्व विद्यार्थी संगठन निर्माण

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल १० चैत्र । अर्घाखाँची जिल्लाको धनचौरमा रहेको जनजागृति माविबाट ०४७ सालमा एसएलसी परिक्षा दिएका विद्यार्थीहरुको भेला तथा पुर्नमिलन कार्यक्रम बुटवलमा सम्पन्न भएको छ ।

भेलाबाट डा धर्मराज भट्टराईको अध्यक्षतामा ११ सदस्यीय भुतपूर्व विद्यार्थी संगठन (एसएलसी ०४७) को गठन गरिएको छ । जस्को उपाध्यक्षमा टानबहादुर गुरुङ, सचिवमा बसन्ता गैरे, कोषाध्यक्षमा नारायण भट्टराई, सहसचिवमा जमकला भट्टराई (पन्थी) चयन भएका छन् ।

यस्तै सदस्यहरुमा कान्ता पौडेल (वञ्जाडे), दधिराज बञ्जाडे, यमबहादुर घ.म, प्रेम गैरे, शान्ता जिसी, दामोदर ढुङ्गना रहेका छन् । समितिको सल्लाहकारमा सुष्मा आचार्य, हुमबहादुर घर्ती, कृष्ण भुसाल, टुकलाल खनाल र शंकर कुवँरलाई चयन गरिएको छ ।

नवनिर्वाचित अध्यक्ष डा भट्टराईले सँगै पढेका साथीहरुसँग २८ वर्ष पछि एकै  ठाउँमा भेला भएर संगठन निर्माण गर्न पाउँदा निकै खुसी लागेको बताए । उनले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा संगठनले सहयोग पुर्याउँदै जाने बताए । ०४७ सालको एसएलसीमा जनजागृति मावि जिल्ला प्रथम भएको थियो ।