३१ आश्विन २०८३, शनिबार

मोदीले पाकिस्तानको राष्ट्रिय दिवसमा शुभकामना दिएको इमरानको दाबी

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानको राष्ट्रिय दिवसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना दिएको दाबी गरेका छन् ।

इमरानले शुक्रबार ट्वीट गर्दै मोदीले शुभकामना दिएको र त्यसलाई आफूले स्वीकार गरेको बताएका छन् ।

तर, भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई शुभकामना दिएको बारे कसैलाई जानकारी नभएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

शुक्रबार पाकिस्तानले राष्ट्रिय दिवस मनाएको थियो । यस बारेमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै प्रतिक्रिया जनाएका छैनन् । –एजेन्सी