८ कार्तिक २०८३, आइतबार

पोल्याण्ड पठाउँछु भन्दै साढे पाँच करोड ठगी

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । पोल्याण्ड पठाउँछु भन्दै साढे पाँच करोड रुपैयाँ ठगी गरेको आरोपमा अरुणकुमार महतो र हरिबहादुर लामा पुर्पक्षका लागी थुनामा गएका छन्।

पोल्याण्ड पठाइदिने बहानामा ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। उनीहरुले दै ६ सय नौ जनाबाट यत्ति ठूलो रकम उठाएको प्रहरीको भनाइ छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

महतो र लामालाई महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो। सोही आरोपमा संलग्न अन्य १० जना भने फरार छन्।

प्रमाणपत्रमा काठमाडौं महानगरपालिका ९ मा कार्यालय रहेको भनिए पनि उनीहरुले ग्वार्कोमा दृष्मा ओभरसीज प्रालि संचालन संचालन गरेको देखिएको जिल्ला अदालत पाटनका श्रेस्तेदार चन्द्रप्रकास तिवारीले जानकारी दिए।

उनका अनुसार अभियुक्तको थुनछेक बहस सुरु भएको छ। तिवारीले भने,‘६ सय ९ जनाले उजुरी दिएका छन् र पाँच करोड ४१ लाख रुपैयाँ ठगेको आरोप पीडितको छ।’
उनीहरुलाई जिल्ला अदालत पाटनले फागुन २८ गते पुर्पक्षका लागी थुनामा राख्ने आदेश दिएको हो।