१९ कार्तिक २०८३, बिहिबार

दुई जनाको हत्या

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खाँदबारी, ८ चैत । खाँदबारी नगरपालिका–११ मा छोराले बाबुको हत्या गरेका छन् ।

खाँदबारी–११ खाइसोङ गाउँमा काइँला छोरा सञ्जय राईले ६२ वर्षीय बुबा भुवनसिंहको हत्या गरेको वडाध्यक्ष नगेन्द्र गुरुङले जानकारी दिनुभयो । हत्यामा संलग्न सञ्जय फरार छन् ।

यस्तै मकालु गाउँपालिका–४ मा स्थानीयवासीको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । कुटपिटबाट मकालु–४ का ५० वर्षीय लेले भोटेको मृत्यु भएको हो ।

भोटेले गत फागुन १७ गते सोही गाउँकी ४९ वर्षीया हेममाया राईलाई हातपात गर्न खोजेको विषयलाई लिएर स्थानीयवासीले उनलाई कुटपिट गरेका हुन् । उनको बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । – रासस