२९ आश्विन २०८३, बिहिबार

लगानी सम्मेलनमा जुट्न प्रधानमन्त्री ओलीको निर्देशन

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ र १६ गते हुने लगानी सम्मेलनको तयारी जुट्न सरोकारवालालाई आग्रह गरेका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको उद्योग वाणिज्य प्रवद्र्धन परिषदको दोस्रो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशबाट आउने अतिथिहरुलाई व्यवस्थित बास, सुरक्षा र अन्य प्रबन्ध मिलाउन निर्देशन दिए ।

परिषदका तर्फबाट सुरज बैद्यले सम्मेलनको तयारीको बारेमा बैठकलाई जानकारी गारए । प्रधानमन्त्री ओलीले केही तत्वहरुले देशमा अस्थिरता मच्चाउन प्रयास गरेको भए पनि सरकारले त्यसलाई नियन्त्रण गर्ने बताए ।

“गणतन्त्र आएको छ, संघीयता आएको छ,आवधिक चुनाव भएको छ ” प्रधानमन्त्री ओलीले भने, “अब के चाहिएको हो ? चन्दा संकलन र लुटपाट गर्न छोडिदिनु पर्ने ? त्यस्तो हुदैन । सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न कानुन अनुसार अघि बढ्छ ।”