१९ कार्तिक २०८३, बिहिबार

आगालागीमा परि बालकको मृत्यु

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


मुग्लिन, ८ चैत । चितवनको इच्छाकामनामा आगालागी हुँदा एक बालकको मृत्यु भएको छ ।इच्छाकामना गाउँपालिका–२ फौदतमा आगालागीमा परी रामचन्द्र चेपाङका छ महीने छोरा शिव चेपाङको मृत्यु भएको हो । आगालागीले तीन घरसमेत जलेर नष्ट भएका छन् ।

रामचन्द्र, रामकृष्ण चेपाङ र दीपक चेपाङका घर पूर्णरुपमा जलेर नष्ट भएको आधारभूत विद्यालय मैतेसका शिक्षक ज्ञानबहादुर प्रजाले जानकारी दिनुभयो ।

शिक्षक प्रजाका अनुसार आगालागी आज अपराह्न २ बजेको समयमा भएको बताइएको छ । स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी घटनास्थलतर्फ गएको प्रहरी निरीक्षक नवीन बुढाथोकीले जानकारी दिनुभयो । घटनास्थल विकट र टाढा रहेकाले ढिला गरी खबर प्राप्त भएको बुढाथोकीले बताउनुभयो । – रासस