१९ कार्तिक २०८३, बिहिबार

ट्रकको ठक्करबाट एकको मृत्यु

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक, ८ चैत । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा शुक्रबार दिउँसो एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भक्तपुर चाँगुनारायण नगरपालिका–२ का ४२ वर्षीया जुना केसी रहेको छ ।

बनेपाबाट भक्तपुरतर्फ जाँदै गरेको ना ६ख ४७३५ नम्बरको ट्रकले बनेपा नपा–१४ अरनिको राजमार्गस्थित २२ किलो भन्ने स्थानमा करीब १२ बजे सोही दिशातर्फ गइरहेको ७२ प ६६८२ नम्बरको मोटरसाइकललाई पछडिबाट ठक्कर दिँदा गम्भीर घाईते भएका मोटरसाइकलमा सवार केसीको उपचारका क्रममा शिर मेमोरियल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

जुना श्रीमान् ४७ वर्षका देवबहादुर केसीसँग मोटरसाइकलमा घर फर्कंदै हुनुहुन्थ्यो । ठक्करबाट घाइते भएका मोटरसाइकल चालक देवबहादुर केसीकोे सोही अस्पतालमा उपचार भइरहेको छ । जुनाको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । –

ठक्कर दिने ट्रक र त्यसका चालक हेटौँडा निवासी रामभाई गोपालीलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । – रासस