
काठमाडाैँ, ८ चैत । अर्थशास्त्री डा. मदनकुमार दाहालको निधन भएको छ। काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा शुक्रबार दिउँसो उनको निधन भएक हो।
सरकारी वित्तका विज्ञ दाहाल त्रिभुवन विश्वविद्यालयमा चार दशकदेखि अध्यापन गराउँदै आएका थिए। उनले सयौं विद्यार्थीलाई विद्यावारिधिसमेत गराएका थिए।
मेगा बैंकको सञ्चालक समिति अध्यक्षसमेत भइसकेका उनको दर्जनौ अनुसन्धानहरु प्रकाशित छन्। अर्थशास्त्रमा विद्यावारिधि दाहाल नेपाल आर्थिक संघको पूर्व अध्यक्षसमेत हुन्। संघ अर्थशास्त्रीहरुको संगठन हो।
उनी प्याङ्क्रियाजको रोगबाट पीडित थिए।












प्रतिक्रिया