आइतबार, १ असार २०७६
DainikNepal.com
आइतबार, १ असार २०७६

‘छुवाछुत उन्मुलन गर्न मानिसलाई मानिसको व्यवहार गरौं’

दैनिक नेपाल २०७५ चैत ७ गते १९:१९

सल्यान, ७ चैत । जातीय छुवाछुत उन्मुलन गर्न तल्लो तहसम्म सचेतना फैलाउनु पर्ने र कानुनी कार्यान्वयन मजबुद हुनुपर्नेमा सरोकारवालाको भनाई छ । सल्यानको खलंगामा ५४ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो कुरामा जोड दिएका छन् ।

कार्यक्रममा दलित समुदायलाइ समाजमा समान दृष्टिकोणले हेर्ने वातावरण सृजना गर्न सबैले आप्mनो ठाउँबाट पहल गरेमा केही हदसम्म भएपनि जातीय छुवाछुत कम हुने सरोकारवालाको भनाइ थियो ।

जातीय छुवाछुत उन्मुलन गर्न मानिस लाइ मानिसको व्यवहार गर्नुपर्ने जिल्ला न्याधीश मदन बहादुर धामीले बताए । ‘हाम्रो समाजमा यस्ता कुरिति र कुशस्ंकारहरु अझै पनि कायम छ ।’, उनले भने, ‘यस्ता कुसस्कृति र कुरीतीलाइ अन्त्य गर्न सबै सरोकारवाला एकजुट हुनु पर्छ ।’

उनले सर्वसाधारणमा सचेतना फैलाउनु पर्ने बताउँदै समाज खण्डीकरण भएका कारण पनि यस्ता घटना हुने गरेको बताए । अहिले समानता, सहिष्णुताको खाँचो रहेको र अमानवियता र व्यक्तीमाथि गरिने विभेदको अन्त्य हुन जरुरी रहेको बताए ।

मानिस मानिस बिच हुने विभेदका बारेमा सबै वर्ग र तहमा कुरा उठाउनु पर्ने प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बताए ।उनले शैक्षिक चतना विस्तार गरेर आर्थिक उन्नति गर्न सकिने कुरामा जोड दिए ।

इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले जातीय विभेदको अवस्था र दलितका सवाल विषयमा प्रस्तुत अवधारणा पत्र प्रस्तुत गर्दै जातीय भेदभाव र छुवाछुतको समग्र अवस्थाका बारेमा जानकारी दिइन् । इन्सेक वर्ष पुस्तक २०१९मा नेपालमा अभिलेख गरिएको तथ्याकं अनुसार नेपाल भरि ३८ महिला र ३४ पुरुष गरि ६२ जनाले जातीय भेदभाव तथा छुवाछुतका अमानवीय व्यहार बेहार्नु परेको उनले बताइन् ।

सल्यानमा पनि अन्तरजातीय विवाह गरेको भन्दै दलित परिवारकी एक महिलालाई परिवारले घर निकाला गरेका छन् । पीडित अहिले माइतीमा बस्दै आएकी छन भने उनका सासु र ससुरालाइ प्रहरीले पक्राउ गरि कारवाही अगाडी बढाएको छ ।

जिल्लामा जातीय छुवाछुतका घटनाहरु फाट्ट फुट्ट रुपमा हुने गरेपनि कानुनी प्रकृयासम्म न पुगेको भन्दै यस्ता घटनालाई बाहिर ल्याउन सबैले सम्बन्धित निकायमा खबर गर्न सरोकारवाले सबैमा आग्रह गरेका छन् । शारदा नगरपालिकाको सहयोग तथा समुदाय प्रहरी साझेदारी,दलित विकास समाज, दलित सेवा संघ, शान्ति नेपाल सल्यानको आयोजनामा दिवस मनाइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित