१९ कार्तिक २०८३, बिहिबार

बोर्ड बैठक बस्ने तयारीमा गरिबी निवारण कोष

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । गरिबी निवारण कोषले बोर्ड बैठकको तयारी शुरु गरेको छ । बैठकको तयारीको लागि उपाध्यक्ष निर्मलकुमार भट्टराईको अध्यक्षतामा बिहीबार पूर्व तयारी बैठक बसेको छ ।

बिहीबारको बैठकले आगामी बोर्ड बैठकमा पेश गर्ने कार्यसूची पारित गरेको छ । यस्तै कोषको सोधभर्ना, बेरुजू फछ्र्योट, कोषद्धारा प्रवद्र्धित सामुदायिक संस्थाको नियमन, आगामी बजेट र गरिबी निवारण सम्बन्धी सरकारको कार्यसूची माथि विस्तृत छलफल भएको कोषले जनाएको छ ।

प्रधानमन्त्रीको समय अनूकुल हुने वित्तिकै यसै महिना बोर्ड बैठक बस्ने बताईएको छ ।

गरिबी निवारण कोष ऐनद्वारा निर्माण भएका करिब बत्तिस हजार सामुदायिक संस्थामा करिब १९ अरब घुम्ती कोषलाई कसरी नियमन र गरिबी निवारणमा अझ प्रभावकारी ढंगले सञ्चालन गर्ने चुनौति कोषले सामना गर्दै आएको छ ।