
दाङ, ७ चैन । हाेली खेलेको हेर्न छतमा गएका एक बालक खसेर घाइते भएका छन् ।
बिहीबार बिहान शान्तिनगर गाउँपालिका- ३ पातेटाकुरा घर भई हाल तुलसिपुर उप-महानगरपालिका-९ अम्रितटोल स्थित कोठाभाडामा बस्ने गौरी केसीको छोरा १२ वर्षको बिप्लव केसी छतबाट खसेर घाइते भएका हुन् ।
केसीकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागि कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।
साथै, फागु खेल्ने क्रममा विभिन्न जोखिम दुर्घटना हुने हुँदा त्यसतर्फ सचेत रहन प्रहरीले आग्रह गरेको छ ।












प्रतिक्रिया