आइतबार, १ असार २०७६
DainikNepal.com
आइतबार, १ असार २०७६

सन्धिखर्कमा बच्चादेखी वृद्ध सम्म रमाए होलीमा

दैनिक नेपाल २०७५ चैत ६ गते २२:५६

हृदय भुसाल

अर्घाखाँची ६ चैत्र । रङ,अविर र उमङ्गको पर्व होलीमा विगतका वर्षहरुमा भन्दा यो वर्ष अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा साना बालवालिका देखि वृद्ध सम्म आफू आफू बिचमा रङ दलेर निकै उत्साह पूर्वक होलीमा रमाए । कला सँस्कृति युवा तथा खेलकुदको क्षेत्रमा महत्वपूर्ण काम गर्दे आएका जिल्लाका अगुवा युवाहरु रहेको अर्घाखाँची युवा परिषदको आयोजनामा विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि विधिवत रुपमा होली निकालिएको थियो ।

गाडी ब्यानर र मौलिक सांगितिक प्रस्तुत सहित निकालिएको होलीमा छमछमी नाँचगान गर्दै रङ्गमा रमाउँदै होलीको टिमले वजार परिक्रम गरेका थियो ।
सन्धिखर्क नगरपालीका वाड न २ वस्ने ८२ बर्षिय जिवलाल भुसालले रङ्ग लगाई युवा युवतीहरुसँगै निकै खुसीका साथ छमछमी नाचे । वृद्ध भुसालले भने,‘सामाजिक संस्कार र सँस्कृतिको जर्गेना गर्न बिहानैदेखी होली खेल्न आएको छु, नाँचगान गर्न मन पर्छ, अघिल्लो वर्ष भन्दा यो वर्ष होली निकै राम्रो भयो’।

कक्षा ३ मा पढ्ने ७ बर्षिय अनिल केसीले भने,‘होलीमा साथीहरुसँग रमाईलोे गर्न पाउँदा आज निकै खुसी छु,आगामी बर्षका होलीमा सिर्जनात्मक काम गर्न मन लागेको छ’बिशेष गरि युवा युवतीहरुले जथाभावी लोला हान्ने,रङ दल्ने जर्वरजस्ती गर्ने होलीको केही दिन अगाडीदेखी पछि सम्म पनि बाहिरै निस्कन नसक्ने वातावरण वनाईन्थ्यो । त्यसलाई एकै दिन मात्र व्यवस्थित तवरले मैत्रीपूर्ण रुपमा एक आपसमा होली खेल्ने वातावरण बनाउन प्रत्येक वर्ष युवा परिषदले नै होलीको आयोजना गरेको अर्घाखाँची युवा परिषद्का अध्यक्ष काजी श्रेष्ठले बताए ।

होली पर्व सँस्कृतीलाई विकृत हुनवाट वचाउँदै मैत्रीूुर्ण र सौहाद्रपूर्ण वातावरणमा एक आपसमा खुसीयालीका साथ संस्कृतिको संरक्षण विकास गर्दै दाजुभाई दिदिवहिनीहरुको बिचमा जिल्लाका विभिन्न स्थानमा होली मनाईएको संस्कृति संरक्षण मञ्च अर्घाखाँचीका अध्यक्ष जर्नादन खनालले वताए । वसन्त क्रतुको आगमनसँगै आपसी मेलमिलाप र सदभावको सन्देश लिई आउने फागु पर्व परम्परागत रुपमा मौलिक खालका विभिन्न गित गाँउदै वजाउदै नाच्दै एक आपसमा विभिन्न खालका रङ लगाउने र लोला खेली मनाउने परम्परा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित